• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुनचाहिँ??...


एकपटक शेरेको छोरा भेडा चराउँदै थियो। त्यहींबाट दुई जना टुरिस्ट कतै जाँदै थिए। यत्तिकैमा एक जनाले शेरेको छोरासँग सोध्यो।

टुरिस्ट ः ओ भाइ यो भेडाले कति दूध दिन्छ ?

शेरेको छोरा ः कुनचाहिँ, सेतोले कि कालोले ?

टुरिस्ट ः सेतोले

शेरेको छोरा ः दुई माना

टुरिस्ट ः अनि कालोले नि ?

शेरेको छोरा ः यसले नि दुई माना दिन्छ।

टुरिस्ट ः अनि ऊन चाहिँ कति दिन्छ नि ?

शेरेको छोरा ः सेतोले कि कालोले ?

टुरिस्ट ः कालोले

शेरेको छोरा ः एक किलो

टुरिस्ट ः अनि सेतोले नि ?

शेरेको छोरा ः एक किलो

टुरिस्टलाई झनक्क रिस उठेछ र भनेछ ः जब दुईवटैले बराबर दिन्छन् भने किन सेतो र कालो, सेतो र कालो गर्या नि ?

शेरे ः सेतो मेरो बुबाको हो क्या !

टुरिस्ट ः अनि कालो चाहिँ ?

शेरेको छोरा ः त्यो पनि मेरो बुबाकै हो।